About Us
हाम्रो बारे
नेपाल च्याउ विउ उत्पादन केन्द्र नेपालकै प्रतिष्ठित च्याउ विउ उत्पादन गर्ने कृषि फर्ममध्ये एक हो, जसले विगत एक दशकदेखि नेपाली किसानहरूलाई व्यावसायिक च्याउ खेतीतर्फ प्रेरित गर्दै आएको छ। सन् २०७१ साल साउनमा विधिवत रूपमा स्थापना भएको यो केन्द्र ललितपुरको हरिसिद्धिमा अवस्थित छ। केन्द्रका सञ्चालक सन्तोष कार्की अनुभवी च्याउ किसान, सामाजिक अभियन्ता तथा च्याउ उत्पादक किसान संघका अध्यक्ष समेत हुनुहुन्छ। उहाँको नेतृत्वमा केन्द्रले कन्य च्याउ, पराले च्याउ र डल्ले च्याउका गुणस्तरीय विउहरू उत्पादन गर्दै देशभरका किसानहरूलाई भरपर्दो र उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै, फर्मले आफैँ च्याउ खेती गर्दै व्यावसायिक अभ्यासलाई जीवन्त बनाएको छ।
यस केन्द्रले किसानहरूलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी तालिम, प्राविधिक सल्लाह तथा खेती प्रणालीमा आधारित परामर्श प्रदान गर्दै आइरहेको छ। च्याउको विउ उत्पादन, प्रशोधन, बजारीकरण र वैज्ञानिक अनुसन्धानमा लामो अनुभव सँगालेको यस संस्थाको उद्देश्य नेपाली च्याउ खेतीलाई आत्मनिर्भर, वैज्ञानिक र दिगो बनाउनु हो। साथै, कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई कृषि–उद्यममा आकर्षित गर्ने हाम्रो प्रयास निरन्तर चलिरहेको छ। गुणस्तर, इमानदारी र नवप्रवर्तन नै हाम्रो कार्यदिशाको मूल आधार हो।
Nepal Mushroom Seed Production Center is one of Nepal’s leading and reputable agricultural firms dedicated to the production of high-quality mushroom spawn. Since its official establishment in July 2014 (Shrawan 2071 B.S.), the center has been actively promoting commercial mushroom farming by supporting farmers with reliable spawn, professional consultation, and technical guidance. Located in Harisiddhi, Lalitpur, the center is led by Mr. Santosh Karki — an experienced mushroom farmer, social activist, and the current president of the Mushroom Producers Association of Nepal.
Under his leadership, the center has been consistently producing and supplying quality spawn of oyster mushrooms, straw mushrooms, and button mushrooms at affordable prices to farmers across the country. In addition to seed production, the center itself is involved in modern mushroom farming practices, serving as a live model for aspiring agri-entrepreneurs. The firm also provides practical training, farming consultations, and scientific insights to help farmers adopt sustainable cultivation methods.
With years of hands-on experience in spawn production, processing, marketing, and research, our mission is to make Nepal’s mushroom industry self-reliant, scientific, and sustainable. We are equally committed to creating employment opportunities and inspiring youth to engage in agri-based enterprises. Quality, integrity, and innovation are the core values that drive our vision for the future of agriculture in Nepal.